Home Breaking News गाेरखाकाे धार्चे गाउँपालिकामा पाँच शैयाकाे अस्तपाल भवन शिलान्यास

गाेरखाकाे धार्चे गाउँपालिकामा पाँच शैयाकाे अस्तपाल भवन शिलान्यास

बिहिबार, माघ १, २०७७
0
283

माघ १, गाेरखा । जिल्लाकाे धार्चे गाउँपालिकामा आधारभूत अस्पतालको शिलन्यास भएकाे छ । संघीय सरकारको कार्यक्रम अन्तर्गत गाउँपालिकाले वडा नम्बर ५ स्थित माछाखोलामा अस्पताल निर्माणका लागि भवन शिलन्यास गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले मनासलु डटकमलाइ बताए ।

भवन निर्माणका लागि चालु आर्थिक बर्षका लागि सँघीय सरकारबाट ७० लाख रुपैया बजेट प्राप्त भएको छ । ‘अस्पताल भवन शिलन्यास भयो अब निर्माणको काम तिव्र गतिमा अघि बढ्छ, उनले भने, ‘निर्धारित समयमा काम सम्पन्न गर्ने योजनामा गाउँपालिका रहेको छ ।’ भवनको गाउँपालिका अध्यक्ष गुरुङले आज एक कार्यक्रमका वीच शिलान्यास गरेका हुन ।

माछाखोलमा रहेको हेल्थपोष्टलाई स्तरोन्नती गरेर ५ बेड क्षमताको आधारभूत अस्पताल निर्माण गर्न लागिएको हाे। भवन निर्माणका लागि स्वास्थ्य मन्त्रालयबाट रकम प्राप्त भएको र संघिय सरकारले पठाएको स्टमेटका आधारमा भवन निर्माण हुने अध्यक्ष गुरुङले जानकारी दिए ।

NO COMMENTS