Home अपराध/ दुर्घटना करेन्ट लागेर एक जनाकाे मृत्यु, त्रिशुलीमा भेटियाे पुरुषकाे शव

करेन्ट लागेर एक जनाकाे मृत्यु, त्रिशुलीमा भेटियाे पुरुषकाे शव

बुधबार, माघ १४, २०७७
0
313

साँकेतिक तस्वीर

माघ १४, गोरखा । गोरखामा बिजुलीको पोल चढेर इन्टरनेटको तार तान्ने क्रममा करेन्ट लागेर एक युवकको मङ्गलबार बारपाकमा मृत्यु भएको छ ।

जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाको थलिडाँडामा बिद्युतको पोलमा चढेर तार तान्ने क्रममा २६ बर्षिय उत्तम गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान करिब ९ बजेको समयमा करेन्ट लागेर खिम्पुटोल घर भएका गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यसैवीच गोरखाको गण्डकी गाउँपालिका वडा नं ७ को धवादीघाट स्थित त्रिशुली नदी किनारमा एक पुरुषको वेवारिसे शव फेला परेको छ ।त्रिशुली नदीमा ढुङ्गामा अड्कीएको अवस्थामा  अन्दाजी ४५ बर्षको पुरुषको शव आज फेला परेको   प्रहरीले जनाएको छ ।

 

 

NO COMMENTS