गोरखा १४,माघ । गोरखामा कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट सुरु भएको छ ।
गोरखा अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालकी मेडिकल सुपरिटेण्डेन शान्ती भूर्तेलले पहिलो खोप लगाएर जिल्लामा कोरोना खोप अभियान सुरु गरिएको हो ।
पहिलो चरणमा प्रथामिकतामा परेका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्यमंसेबिका, एम्बुलेन्स चालक, शबबाहन चालक, शब व्यवस्थापन खटिएका सुरक्षकर्मी, सरसफाई सहयोगीहरुलाई खोप लगाउने तयारी गरिएको छ जिल्ला स्वास्थ्य कार्यलय गाेरखाले जनाएको छ।
गोरखाका १५ सय ८९ स्वास्थ्यकर्मीसहित १७ सय ८९ जनालाई कोरोना खोप लगाइने स्वास्थ्य कार्यलय गोरखाले जनाएको छ । १७ सय ८९ जनामध्ये शव व्यवस्थापनमा खटिनु पर्ने नेपाली सेनासहित सुरक्षकर्मी रहेका छन् ।
आज बाट १८ गतेसम्ममा जिल्लाका सबै पालिकामा चरणबद्ध रुपमा खोप अभियान सञ्चान गर्ने तयारी गरिएको स्वास्थ्य कार्यलयले जनाएको छ ।
एक महिना पछि अहिले लगाइएका व्यक्तिहरुलाई पुन खोप लगाउनु पर्ने चिकित्सकहरुले बताएका छन् । पहिलो चरणमा प्रदेश सरकारले जिल्लामा २ हजार १० डोज आप उपलब्ध गराएको छ । जिल्लालाई प्राप्त करिब ४ हजार खोप मध्ये बाँकी दोश्रो चरणमा ल्याउने याेजना कार्यलयकाे रहेकाे छ ।






