Home Breaking News लाैराेबाट औषधि प्रदान गर्दै आरुघाट गाउँपालिका अध्यक्ष दाहाल

लाैराेबाट औषधि प्रदान गर्दै आरुघाट गाउँपालिका अध्यक्ष दाहाल

सोमवार, जेष्ठ ३, २०७८
0
339

आरुपाेखरीमा औषधीजन्य सामग्री प्रदान गर्दै गाउँपालिका अध्यक्ष पूर्ण दाहाल । तस्वीर सामाजिक सञ्जाल

आरुघाट, गाेरखा । आरुघाट गाउँपालिका अध्यक्ष पूर्ण दाहाल, डाक्टर कृष्णहरी श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख विजय कुमार श्रेष्ठ वडा नम्बर ८ का अध्यक्ष, प्रहरी निरिक्षक लगायतकाे टाेली काेराेना सङक्रमितहरुलाइ औषधि लगायतका स्वास्थ्य सामग्रीहरु वितरण गरेका छन् ।

विरामीहरुका लागि इम्युनिटि पावर बढाउने क्याप्सुल, सिटामाेल, भिटामीन, वीम चक्की लगायतकाऔषधिहरु प्रदान गरिएकाे अध्यक्ष दाहालले बताए । विरामीहरुका लागि घर घर पुगेर काउन्सिलिङ गरिएकाे स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताए । यसले विरामीहरुकाे मनाेवल उच्च भइ राेग प्रतिराेधात्मक क्षमता वृद्धि हुने अपेक्षा गरिएकाे उनकाे भनाइ छ ।

आरुघाटमा कुल ८१ जना सङक्रमितहरु रहेका छन् । एकैदिन २३ जनामा सङक्रमण पुष्टि भएपछि गाउँमा निषेधाज्ञा लागु गरेर विरामिहरुकाे घर घरमा स्वास्थ्य सामग्री र औषधी गाउँपालिका अध्यक्ष सहितकाे टाेलि पुगेर प्रदान गरिरहेकाे छ। वडा नम्बर ९ र १० मा मँगलबार स्वास्थ्य सामग्री र औषधि वितरण गरिने पालिका अध्यक्ष दाहालले बताए । सङक्रमित व्यक्तिलाइ नजिकै गएर लाैराेबाट सामग्री प्रदान गरिएकाे उनले बताएका छन् ।

NO COMMENTS