गाेरखा अस्पतालमा अक्सिजन ग्यास उत्पादन सुरु

सोमवार, जेष्ठ ३, २०७८
0
270

गाेरखा ३ जेठ । जिल्ला अस्पताल गाेरखामा विरामीकाे शैयासम्म अक्सिजन ग्यास पुगेकाे छ । जनकपुर देखि आएका प्राविधकहरुले एक हप्ता लगायर यन्त्र उपकरणमा सिस्टम जडान गरेका हुन् जडान गरेका हुन् ।

५० शैया क्षमताकाे अस्पतालका सबै कक्षमा अक्सिजन पाइप जडान गरिएकाे छ, आवश्यक पर्दा जतिवेला पनि प्रयाेग गर्न सकिन्छ प्राविधिक सन्तेन्द्र कुमारले भने । यहाँ जडानकाे काम सकियाे  छिटाे गरी नारायणि अस्पतालमा यस्तै कामका लागि पुग्नुपर्ने उनले बताए ।

हेर्नुहाेस अक्सिजन उत्पादन भइरहेकाे भिडियाे

अक्सिजन प्लान्ट इन्स्टलेशन कार्यक्रम सम्पन्न भएकाे छ । प्रतिमिनेट ८० लिटर अक्सिजन उत्पादन हुने र सिधै पाइपलाइन मार्फत विरामीकाे बेडमा पुग्ने अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए । अस्पतालमा अक्सिजनकाे माग यसले केही हद सम्म पूरा गर्ने उनले बताए । थाेरै मात्रमा अक्सिजन दिनुपर्दा धेरै विरामीलाइ पुग्ने र धेरै दिनुपर्दा पनि १० जनालाइ चाैविसै घण्टा दिन सकिने उनले बताए ।

क्लिक गरी हेर्नुहाेस भिडियाे

काेठा सम्म अक्सिजन पुगेकाे छ, त्यसलाइ शैयामा पुग्ने गरी फिटिङ गर्न प्राविधिकहरु आएका छन् । आजैदेखि काम गरेर भाेलि सम्म पूरा हुने प्राविधिकले बताएका छन् । अस्पतालका ५० शैया रहेन ठाउँमा अक्सिजन सहितकाे पाइप पुगेकाे छ ।

क्लीक गरि भिडियाे हेर्नुहाेस

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here