शहिदलखन, गाेरखा । शहिदलखन गाउँपालिकाले काेराेना सङक्रमित भए मृत्यु भएका परिवारजनलाइ क्रिया खर्च वापत पालिकाले २५ हजार नगद दिने भएकाे छ । गाउँ कार्यपालिकाकाे आज जुम मार्फत बसेकाे बैठकले साे निर्णय गरेकाे प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आलेले बताए ।
बैठकले मृतकहरु प्रति श्रद्धाञ्जली व्यक्त गरेकाे छ । काेराेना सङक्रमणका कारण शहिदलखनमा हालसम्म ६ जनाकाे मृत्यु भएकाे छ ।






