Home Breaking News गाेरखा नगरपालिका वडा नम्बर १२ सिल गर्न तारानागर स्वास्थ्य चाैकी व्यवस्थापन समितिकाे...

गाेरखा नगरपालिका वडा नम्बर १२ सिल गर्न तारानागर स्वास्थ्य चाैकी व्यवस्थापन समितिकाे माग

मङ्लबार, जेष्ठ ४, २०७८
0
485

गाेरखा नगरपालिका वडा नम्बर १२ कार्यालय

गाेरखा । गाेरखा नगरपालिका वडा नम्बर १२ काे छाप गाउँमा ३७ जना काेराेना सङक्रमित देखिएपछि आज बसेकाे तारानगर स्वास्थ्य चाैकीकाे वैठकले वडालाइ तत्काल सिल गर्न नगरपालिकालाइ सिफारिस गर्ने निर्णय गरेकाे छ ।

जिल्ला भरी निषेधाज्ञा भएपनि यस क्षेत्रमा विकास निर्माणका काम भन्दै निस्फिक्रि सवारी साधनहरु सञ्चालन हुँदै आइरहेका छन् । यहाँका बजारहरु घाम रहँदा सम्म खुल्ने र रात परेपछि बन्द हुँदै आएका छन् । बन्दलाइ कडा गर्न प्रहरीलाइ अनुराेध गर्ने, अक्सिमिटरका लागि सम्बन्धित निकायमा माग गर्ने, सङक्रमितहरुलाइ आवश्यक स्वास्थ्य सामग्री दिने र वडा सिल गर्न नगरपालिकालाइ अनुराेध गर्ने निर्णय भएकाे समितिका एक सदस्यले बताए ।

आफूहरुमा काेराेनासँग मिल्दाेजुल्दाे कुनै पनि लक्षण नदेखिएकाले सङक्रमित भन्न नमिल्ने एक सङक्रमितले बताए । दिन भरी खेतमा काम गरेर आएकाे छु, खाना खाएकै छु, भाेलि छिमेकिकाे मेला जानुछ काेराेना सङक्रमित भनेर घर सुत्न कहाँ पाइन्छ उनले प्रति प्रश्न गरिन ।

NO COMMENTS