Home Breaking News लमजुङमा १२ घर भत्किए ७ जना घाइते, थप विवरण आउन बाँकी

लमजुङमा १२ घर भत्किए ७ जना घाइते, थप विवरण आउन बाँकी

बुधबार, जेष्ठ ५, २०७८
0
302

भूलभूले भूकम्पका कारण मरस्याङ्दी-३ खुदी तरापुमा बासुदेव खत्रीकाे भत्किएकाे घर । तस्वीर नविन कुइकेल

लमजुङ। आज बिहानै भूकम्प जाँदा लम्जुङमा १२ वटा घर भत्केका छन्। भूकम्पले घर भत्किँदा सातजना घाइते भएका छन्। प्रहरीका अनुसार मस्र्याङदी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे घाइते भएकी छन्।

अरु घाइतेहरुको नाम खुलेको छैन। लम्जुङका डिएसपी गंगाबहादुर थापाका अनुसार अहिलेसम्म १२ वटा घर भत्केका छन्। घाइतेको संख्या केही बढ्न सक्ने सम्भावना रहेको उनले बताए। उनका अनुसार भत्किएका सबै कच्ची घर हुन्। घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि लगिएको उनले बताए। गाउँमा कच्ची घर भएकोले पनि भूकम्पले भत्किएर स्थानीय घाइते हुन पुगेको उनले बताए।

लम्जुङको भूलभूले, बाँझाखेत आसपासमा केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नीच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। भूकम्पको धक्का लम्जुङसहित आसपासका मनाङ, गोरखा, तनहुँ, कास्कीसम्म गरिएको थियो।

NO COMMENTS