गाेरखा । काेराेना सङक्रमणका कारण अजिरकाेटमा एक जना नागरिककाे मृत्यु भएकाे छ । गएराति नाै बजेर ५ मिनेटमा अजिरकाेट गाउँपालिका वडा नम्बर ५ अग्रिडाँडाका वर्ष ४९ पुरुष नागरिककाे मृत्यु भएकाे हाे ।
गएकाे वैशाख २९ गते काेराेना परीक्षणका लागि चितवन गएका उनकाे २० गते पाेजेटिभ नतिजा आएकाे थियाे । बैशाख २९ गते डिस्चार्च भै आफ्नै घर आइसाेलेसन बस्दा मङ्लबार राति उनकाे मृत्यु भएकाे अजिरकाेट गाउँपालिका स्वास्थ्य शाखाले पुष्टि गरेकाे छ ।