Home Breaking News गण्डकी प्रदेशमा ४ जना नयाँ मन्त्री, मन्त्रालयकाे टुँगाे विहिबार मात्रै

गण्डकी प्रदेशमा ४ जना नयाँ मन्त्री, मन्त्रालयकाे टुँगाे विहिबार मात्रै

बुधबार, जेष्ठ ५, २०७८
0
248

पोखरा । गण्डकी प्रदेशमा चार जना नयाँ मन्त्री नियुक्त भएका छन् ।  नवनियुक्त मन्त्रीहरुले  आजै पद तथा गाेपनीयताकाे सपथ लिएका छन् ।

प्रदेश प्रमुख सिता कुमारी पाैडेलकाे निवासमा बुधबार दिउँसाे साढे ३ बजे  मन्त्री किरण गुरुङ,  मन्त्री रामशरण बस्नेत, मन्त्री विकास लम्साल  मन्त्री नरदेवी पुनले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

मन्त्री परिषद वैठकले प्रवक्तामा मन्त्री रामशरण बस्नेतलाइ ताेकेकाे छ । मन्त्रीहरुलाइ कुन मन्त्रालय दिने भन्ने कुरा विहिवार सम्म टुँङ्गाे लाग्ने प्रवक्ता बस्नेतले बताए ।

ठूलाे पार्टीकाे हैसियतमा २९ वैशाखमा  लमजुङका पृथ्वि सुब्वा गुरुङ दोस्रो पटक मुख्यमन्त्रीमा  नियुक्त भएसँगै गुरुङले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

NO COMMENTS