पालुङटारमा माउ सहित चारवटा लाेकल कुखुराका चल्ला च्यापिएर मरे

बुधबार, जेष्ठ ५, २०७८
0
227
लाेकल कुखुराकाे तस्विर

गाेरखा । भर्खरै काेरलेका चल्ला लिएर डुलाउन नपाउँदै पालुङटार नगरपालिका वडा नम्बर ७ फेदिमा कच्चि घर भत्केर च्यापिदा माउ र चारवटा लाेकल कुखुराकाे चल्ला मरेका छन् ।

आज  ०५:४२ बजेको समयमा गएको भुकम्पको कारण पा.न.पा. ७ फेदी बस्ने वर्ष ७६ की जौमाया श्रेष्ठको ढुङ्गा माटोले बनेको १ तले कच्ची घरको उत्तर तर्फको गारो भत्कन जाँदा निजले पालेको लोकल कुखुराको माऊ १ वटा, चल्ला ४ वटा च्यापिएर मरेकाे हाे । गाह्राेले च्यापिदा एउटा खाट पनि भाँचिएकाे वडा कार्यालयले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here