Home Breaking News बक्राङका ८ जना सहित शहिदलखनमा थपिए एकैदिन १०३ जना सङक्रमित

बक्राङका ८ जना सहित शहिदलखनमा थपिए एकैदिन १०३ जना सङक्रमित

बुधबार, जेष्ठ १२, २०७८
0
218

शहिद लखन थापा गाउँपालिका गाेरखा ।

गाेरखा ।  शहिदलखन गाउँपालिका वडा नम्बर १ बक्राङका ८ जना सहित पालिकामा १०३ जना काेराेना सङक्रमित थपिएका छन् ।  शहीदलखन  गाउँपालिकामा मिति २०७८-०२-११ गते प्राप्त १४७ PCR स्वाबको रिपोर्ट मध्य १०३ जना नयाँ संक्रमित थपिएका हुन् ।

घैरुङमा २० जना, बक्राङमा ८ जना, बुङ्कोट ७ मा ३२ जना, बुङ्कोट ८ मा १० जना, ताक्लुङ ५ मा २० जना र मनकामनामा १३ जना संक्रमित रहेका हुन । उनीहरु सबैलाइ हाेम आइसाेलेशनमा राखिएकाे स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठले बताए । बक्राङमा यस अघि २१ जना सङक्रमित थिए भने २ जनाकाे सङक्रमणका कारण निधन भएकाे थियाे ।

NO COMMENTS