आरुघाट गाउँपालिका,गाेरखा । गाेरखा निर्वाचन क्षेत्र नम्बर १ का पूर्व साँसद हरीराज अधिकारी आफ्नाे तत्कालिन निर्वाचन क्षेत्रका नागरिकहरुकाे स्वास्थ्य अवस्था बारेमा जानकारी लिन आरुघाट आइपुगेका छन् ।
नेता अधिकारीले पालिकामा उपाध्यक्ष कल्पना नेपाली, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, स्वास्थ्य शाखा प्रमुख, स्थानीय जनप्रतिनिधिहरुसँग भेटघाट गरी नागरिकहरुकाे स्वास्थ्य सुधारका लागि गर्न सकिने सबै उपाय अपाउन आग्रह गरेका छन् । पालिका भित्र उपचार हुन नसक्ने अवस्था आएमा तत्काल सुविधा भएकाे ठाउँमा लैजान आवश्यक सहयाेग आफूसँग लिन उनले आग्रह गरेका छन् ।
यहाँका जनताहरु भए म नेता हाे, जनता विनाकाे नेता हुने कुरा हाेइन । सबै भन्दा ठूलाे कुरा स्वास्थ्य हाे । गाेरखा जिल्लामा स्वास्थ्य सुधारका लागि माथिल्लाे तहबाट गर्नुपर्ने कामहरु आफूले गरिररहेकाे उनले बताए । साेही अवसरमा नेता अधिकारीले मास्क,स्यानीटाइजर,एन्टिजेन किट,पिपिइ सेट,आैषधि लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री पालिकालाइ हस्तान्तरण गर्नु भएकाे पालिका उपाध्यक्ष कल्पना नेपालीले बताइन ।





