Home Breaking News गण्डकी प्रदेश सभालाइ प्रदेश प्रमुखले “कु” नगरे मुख्य मन्त्री सहित चार मन्त्रीकाे...

गण्डकी प्रदेश सभालाइ प्रदेश प्रमुखले “कु” नगरे मुख्य मन्त्री सहित चार मन्त्रीकाे सपथ आजै

शनिबार, जेष्ठ २९, २०७८
0
267

पोखरा । गण्डकी प्रदेशमा बहुमतसहित विपक्षी गठबन्धनले नयाँ सरकारको दावि पेश गरे सँगै आज मुख्यमन्त्री सहित चार जनाले सपथ ग्रहण गर्नेछन् । स्वच्छ छविकाे प्रदेश प्रमुख भएकाे भए शुक्रबार नै सपथ ग्रहण हुनुपर्थाे तर आज सम्म पनि सपथ नगराउनु र भित्र पस्न समेत नदिनुले प्रदेश प्रमुखले सम्सद विघटन गरी ” कु” गर्न लागेकाे राजनीति विश्लेषकहरुले बताएका छन् ।

मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बिहीबार सदनमा विश्वासको मत गुमाए पछि शुक्रबार नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी (जसपा) र जनमोर्चाको समर्थनमा कृष्णचन्द्र पोखरेलले दाबी पेश गरेका थिए।

प्रदेश प्रमुख सीता पौडेलले आज ३ बजेभित्र बोलाउने भन्दै उनीहरुलाई फिर्ता पठाएकी थिइन्। तर मुख्यमन्त्री नियुक्तबारे अहिलेसम्म कुनै सूचना नआएको एक सांसदले बताए।

कांग्रेससहितको गठबन्धन आज मुख्यमन्त्रीसहित ३ जना मन्त्रीलाई सपथ गराउने तयारीमा छ।

जसमा माओवादी केन्द्रका १  रामजी बराल , जसपाका १ हरिशरण आचार्य र काँग्र्सका कुमार खड्का रहेका छन् ।  उनीहरु विना विभागीय मन्त्री बन्न लागेका हुन् ।

NO COMMENTS