पालुङटारकी उद्यमी महिला सँगिता थिङकाे सफलताकाे कथा, तरकारी खेतिबाट आत्मनिर्भर

शनिबार, असार १२, २०७८
0
833

गोरखा  । जिल्लाकाे पालुङटार नगरपालिका ५ स्थित महिला उधमी संगिता थिङ बोमजनकाे व्यावसायिक तरकारी खेतीले कस्को नै मन नलोभ्याउला ! उनले केही समयदेखि करिब सात रोपनी जग्गा भाडामा लिएर व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै  आएकी छन् ।  आफ्नो फर्ममा सिजन अनुसार तरकारी काउली ,बन्दा,करेला सिमि, बोडी, धनिया ,टमाटर राेपेर  फलेको देख्न सकिन्छ ।

ब्यबसायमा लागेपछि अहिले बिहान देखि बेलुकीसम्म आफ्नो फर्म ब्यस्त थिङसँग काम गर्ने केही सहयोगी समेत छन् ।अनावश्यक अरु कुरा गरेर बस्नु भन्दा काममा व्यस्त हुँदा समय गएको पनि थाहा नहुने अर्कोतिर आर्थिक लाभ हुने थिङकाे भनाइ छ ।

काम गर्दै जाँदा सबै कुराकाे जानकारी प्राप्त हुँदै गएकाे उनले बताइन ।  मल ,बीउ , औषधि ,उत्पादन भएको बजार पठाउने ,आर्थिक कारोबार जान्न सहज भएको छ,”उनले भनिन। अहिलेको समयमा युवाहरू वैदेशिक रोजगारमा बिदेशीने क्रम जारी रहेको बेलामा नेपालमा केही ब्यबसाय गर्नुपर्छ भन्ने उदेश्यको साथ कृषि ब्यबसायमा लागेकाे उनकाे भनाइ छ ।

हिला केही नहुदा के गर्ने भन्ने थाहा नपाएर आर्थिक स्रोतको लागि श्रीमान वैदेशिक रोजगारमा जानुभएको छ । केही समय वैदेशिक रोजगार गरेर आएपछि यस पेसालाई थप व्यावसायिक बनाउने उनकाे भनाइ छ । हामी महिलाहरू पनि केही गर्नु सक्छौ भन्ने उदेश्यका साथ श्रीमान बिदेशमा हुँदा पनि एक्लो आटले ब्यबसाय सुरु गरेकी उनकाे जाँगर र सीप देखेर छिमेकीहरू समेत दङ्ग छन्। आफुलाई कृषि पेसामा लागेकोमा गर्व महसुस भएको बताउँदै उनले भनिन

घर खर्च टार्न दुई बाल बच्चा पढाउन आफ्नो आम्दानीले पुगेको छ। श्रीमाले कमाएको पैसामा भर पर्नु परेको छैन। केही नगद यहि ब्यबसायबाट बचत गर्न सकेकी छु ।’

श्रीमान बिदेश जाने अनि बाल बच्चा पढाउन भनेर शहर पस्ने केही रोजगार विना बस्दा आर्थिक भार बिदेशमा बस्ने श्रीमान भर पर्नुपर्ने परिपाटी  अन्त्य गर्न महिलाहरू नै अघि बढ्नु पर्ने उनकाे भनाइ छ । आफुलाई सक्षम व्यावसायिक हुनुपर्ने भित्रदेखि इच्छा भएको हुँदा कृषि पेसामा लागेको बताउने सँगिता ग्राहकहरू ताजा तरकारी खाेज्दै बारी मै आइपुग्ने गरेकाे बताउँछिन ।

भएकाे उत्पादन विक्रिका लागि सहज रहेकाे उनकाे भनाइ छ । स्थानीय तह र कृषि ज्ञान केन्द्र गाेरखाले पनि  सहयोग साथ दिने गर्न थालेको र  राज्यले सम्पूर्ण कृषकलाई साथ सहयोग दिएमा आगामी दिनमा कृषिमा देशको भविस्य राम्राे हुने उनले बताइन ।

हामी महिलाहरु पनि अब नेपालमा हरेक आ-आफ्नो क्षेत्रमा केही गर्नुपर्छ अनि मात्र साथमा-साथ हाम्रो जीवनस्तर राम्रो हुन्छ।  सामाजिक रुपमा पनि हाम्रो स्तर राम्रो हुँदा समाजले हेर्ने दृष्टिकोण पनि आफै परिवर्तन हुन्छ,उनले भनिन। महिलाहरुले उत्पादनमूलक काम गर्न सक्छौ,हामिले उदाहरणीय बनेर देखाउन सक्नुपर्छ,जसको लागी आजैबाट सुरुवात गर्न उनले सुझाव दिएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here