Home Breaking News ३३ वर्षदेखि हराएका गाेपिलाल बनेपामा भेटिए, जीवनकाे सबै भन्दा खुशीकाे दिन बन्याे...

३३ वर्षदेखि हराएका गाेपिलाल बनेपामा भेटिए, जीवनकाे सबै भन्दा खुशीकाे दिन बन्याे साउन २२

शनिबार, साउन २३, २०७८
0
446

काठमाण्डाै । वि‍‍‌.सँ. २०३८ सालमा जन्मेका गाेपिलाल घर छाेडेकाे ३३ वर्षपछि परिवारका सम्पर्कमा आएका छन् । नेपाल सरकारका पूर्व सचिव एवँ सामाजिक अभियान्ता भीम प्रसाद उपाध्यायले सामाजिक सञ्चाल फेसबुकमा गाेपिलाल लामिछाने (सुकान्त) का बारेमा लेखेर फाेटाे सहित सार्वजनिक गरेका थिए ।

सुकान्त भनिने गाेपिलाल लामिछाने । तस्वीर भीम उपाध्यायकाे फेसबुकबाट

शुक्रबार सार्वजनिक भएकाेका उनकाे स्टाटसले शुक्रबार मध्यरातमा स्याङ्जाका पूर्ण चन्द्र लामिछानेले सुकान्त आफ्नाे भाइ भएकाे र आफू विहान ९/१० बजे लिन जाने बताएका छन् ।

गाेपिलालका दाजु पूर्ण चन्द्र लामिछानेले लेख्नु भएकाे स्टाटस ।

गाेपिलालका अनुसार आफ्नाे परिवारका पूर्णचन्द्र लामिछाने दाइसँग सम्पर्क भएकाे छ । उहाँले राती फाेन गरेर भाेलि विहान लिन आउछु भन्नु भएकाे छ । उहाँले फाेन गर्दा आफूलाइ जीवनमा सबै भन्दा धेरै खुशी लागेकाे र अव बनेपाबाट स्याङ्जा जाने र उतै केही इलम गरेर बस्ने उनले बताए । आफू अहिले ४० वर्ष पुगेकाे उनले बताए । २०४५ सालदेखि आफू परिवारकाे सम्पर्कमा नरहेकाे उनकाे भनाइ छ । अहिले आफू ४० वर्ष भएकाे र हालसम्म अविवाहित रहेकाे उनले बताए ।

गाेपिलालले भने अनुसारका ठाउँ साविक जगतभञ्जयाङ गाविस वडा नम्बर २ पित्लेक पाण्डेथाेक हाल वालिङ्ग नगरपालिका वडा नम्बर ५ स्याङ्जा रहेकाे पत्ता लागेकाे हाे । उनकाे बुवा अहिले याे सँसारमा छैनन भने आमा , दाइ,भाइ, बहिनी र परिवारका अरु सदस्यहरु रहेका छन् ।

सामाजिक सञ्चालमा सामाजिक अभियान्ता भीम उपाध्यायलाइ पारिवारिक पुनर्मिलन जस्ताे पुण्य काम गराएकाे भन्दै धेरै नागरिकहरुले धन्यवाद दिएका छन् । उपाध्यायले राखेका विवरणहरु चार हजार ६०० भन्दा धेरैले हेर्नुका साथै दुइ हजार २०० जनाले सेयर गरेका थिए ।

NO COMMENTS