गोरखा । गृह मन्त्रालयले गोरखाका लागि प्रमुख जिल्ला अधिकारीमा शंकरहरि आचार्यलाई सिफारिस गरेकाे छ । हालका प्रजिअ शालिग्राम शर्मा पौडेलको निर्वाचन आयोगमा सरुवा भएपछि आचार्य प्रजिअमा आउन लागेका हुन् ।
गृहमन्त्री बालकृष्ण खाँडले बुधवार मन्त्रीस्तरीय निर्णय गर्दै १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेका छन् । सो क्रममा लुम्बिनी प्रदेश लोक सेवा आयोगको सचिव रहेका आचार्यलाइ गोरखाको प्रमुख जिल्ला अधिकारीमा आचार्यको काज सरुवाको गरिएकाे हाे ।
प्रकाेपका कारण कष्टकर जीवन विताइरहेकाे उत्तरी गाेरखाका नागरिकहरुकाे हितमा आचार्यले कस्ताे कदम चाल्छन् भनेर चासाेका साथ हेरिएकाे छ । यस अघिका प्रमुख जिल्ला अधिकारीले कार्यालयकाे कार्य सम्पादनमा उत्कृष्ट गर्दै आएका थिए र जिल्लालाइ ए ग्रेडकाे अङ्क दिलाएका थिए ।
पहिलाे पटक प्रमुख जिल्ला अधिकारी बन्दै गरेका आचार्य सामु गाेरखा जिल्लाका स्वास्थ्य सहित नागरिकहरुका माैलिक हकका अधिकारहरुलाइ सहिसलामत कार्यन्वयन गर्नुपर्ने काम अगाडि आएकाे छ ।