Home Breaking News अखिल नेपाल विद्यार्थी सँगठन (क्रान्तिकारी) गोरखा जिल्लाको अध्यक्षमा विष्णु पाण्डे, ७५ जनाकाे...

अखिल नेपाल विद्यार्थी सँगठन (क्रान्तिकारी) गोरखा जिल्लाको अध्यक्षमा विष्णु पाण्डे, ७५ जनाकाे जिल्ला समिति निर्माण

शुक्रबार, असाेज १, २०७८
0
309

असोज १, गोरखा ।   अखिल नेपाल विद्यार्थी सँगठन (क्रान्तिकारी) गोरखा जिल्लाको अध्यक्षमा विष्णु पाण्डे निर्वाचित भएका छन् । गाेरखामा शुक्रबार  भएको संगठनको २० औं जिल्ला सम्मेलनबाट पाण्डे अध्यक्षमा चयन निर्वाचित भएका हुन् ।  संगठनको उपाध्यक्षमा सन्दिप सुनार, रमा श्रेष्ठ , मिलन सुनार चयन भएको अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामकृष्ण भट्टले जानकारी दिए ।

संगठनको जिल्ला सचिवमा सुलभ अम्गाई , कोषाध्यक्षमा सुस्मिता दवाडी र सहसचिवमा अनिष अर्याल  र सुवर्ण देवकोटा चयन भएका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका संयोजक हरिराज अधिकारीको प्रमुख आतिथ्यतामा भएको सम्मेलन कार्यक्रमबाट ७५ जनाको कमिटी गठन गरिएको ईन्चार्ज भट्टले बताए ।

कार्यक्रममा विषेश अतिथि संगठनका केन्द्रीय सचिव तथा प्रदेश नं ४ का संयोजक क्षितिज सापकोटा , नेकपा (माओवादी केन्द्र) जिल्ला ईन्चार्ज कृष्ण धिताल , गोरखा जिल्ला अध्यक्ष लेख वहादुर थापा, अखिल .(क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहसंयोजक राजन आले मगर लगायत पार्टी र विद्यार्थी केन्द्रीय तथा जिल्ला तहका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

 

NO COMMENTS