Home Breaking News चरेस सहित धार्चेकी महिला पक्राउ

चरेस सहित धार्चेकी महिला पक्राउ

शुक्रबार, कार्तिक २६, २०७८
0
175

गोरखा । जिल्लामा  ठूलाे परिमाणमा चरेस सहित गोरखाकी एक महिला पक्राऊ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय गोरखाले १४ किलो ८ शय ग्राम चरेस सहित धार्चे गाऊँपालिका वडा नम्वर ४ लाप्राककी ४३ वर्षकी कोपिला गुरुङलाई पक्राऊ गरेको हो ।

लाप्राकबाट छेवेटारतर्फ आउँदै गरेको बा २० च ९३३२ नम्वरको बोलेरो जीपमा सो परिमाणमा लागू औषध चरेस फेला परेको डिएसपी प्रकाश दाहालले बताए ।

अस्थायी प्रहरी पोष्ट चनौटेले गएराति चेकजाँच गर्ने क्रममा गुरुङले बोकेको पहेंलो रंगको बोराभित्र प्लाष्टिकको थैलोमा छुट्टाछुट्टै पोका बनाइएको चरेस बरामद भएको उनले बताए ।

NO COMMENTS