गु्ण्डाहरुद्वारा बारपाक सुलिकाेटका कर्मचारि माथि कुटपिट

शुक्रबार, कार्तिक २६, २०७८
0
291

गोरखा । जिल्लामा रहेका पेशेवर गुण्डाहरुकाे समूहले  गाडीमा तेल भर्न आएका  वारपाक सुलिकोट गाऊँपालिकाका कर्मचारहरु माथि आक्रमण गरेका छन् ।  बुधबार राती ९:३० वजे  केही स्थानीय युवा जनप्रतिनिधिहरु द्वारा सँरक्षित गुण्डाहरुकाे समूहले  गोरखा सदरमुकामको पेट्रोल पम्प नजिकै ग १ ज ६४४६ नम्वरको जीप तोडफोड गरेका हुन् । उनीहरुले जीप चालक सहित जीपमा सवार गाऊँपालिकाका कर्मचारीमाथि आक्रमण गरेका हुन ।

आक्रमणबाट गाऊँपालिकाको पशु सेवा शाखाका प्रमुख अमृत पोखरेल, कृषि शाखाका प्रमुख विनोद विश्वकर्मा र जीप चालक विष्णु थापा घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि गोरखा अस्पतालले चितवन रिफर गरेको गाऊँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पनेरुले जानकारी दिए ।

उनीहरु सबैको मुख र आँखामा चोट लागेको उहाँको भनाई छ । आक्रमणकारीले रड र लाठीले गाडी तथा कर्मचारीलाई प्रहार गरेका थिए ।

कर्मचारीहरु किसानलाई अनुदानमा वितरण गर्नका लागि कुखुराको चल्ला लिएर पालिका फर्कँदै गर्दा बिना कारण एक्कासी आक्रमण भएको घाइते कर्मचारीलाई उदृत गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत पनेरुले जानकारी दिए ।

आक्रमणमा संलग्न युवाहरुको पहिचान गरि कारवाही गर्न गाऊँपालिकाले प्रहरीमा निवेदन दिएको जनाएकाे छ । निवेदनमा उल्लेख भए अनुसार आक्रमणमा संलग्नमध्येका दुई युवा बा ४९ प ९३२६ नम्वरको बुलेट मोटरसाइकलमा चढेर भागेका थिए ।

आक्रमण गर्ने युवाहरुको पहिचान भैसकेको र फरार रहेका उनीहरुको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

उक्त समूह जिल्लाका केही स्थानिय जनप्रतिनिधिहरुकाे सँरक्षणमा रहेकाे स्राेतले जानकारी दिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here