आमा भन्छिन नुन चाहिने जीरा चाहिने
श्रीमती भन्छे सुन चाहिने हिरा चाहिने
मेरो गाउँलाई होइन तिम्रो शहरलाई हो,
ब्युँझिन अलार्म निदाउन मदिरा चाहिने
यस्तो छ यो दुनियाँ घरमा श्रीमती हुन्छिन,
बाहिर – बाहिर मीरा चाहिने नीरा चाहिने
कसले कसलाई धोका दिएको हो यहाँ,
कसलाई हो मुटुको चिरा चिरा चाहिने?
मलाई कमजोर बनाउन धमिरा पठायौ,
मेरो विशेषता म बलियो हुन धमिरा चाहिने
✍️नरेन्द्र बिष्ट समाकुल






