हिँड्छु अब क्यामराकै तस्विर खिचेर
उपलब्धि भएन कहिल्यै शिर खिचेर
कसरी हुन्थ्यो यो संगठनको प्रगति ,
लफङ्गाहरुको हुल आफूतिर खिचेर
शहरका मान्छे कसरी आयौ गाउँमा,
समथरलाई देखाउनु लैजाउ भिर खिचेर
हेर्नुस् भगवानको बसोबास छ यो ठाउँमा,
यस्तै भन्छ्न मान्छे ढुङ्गाको मन्दिर खिचेर
संजालको भरमा को खुसी छ्न नछुट्याउ,
खुसी मात्रै राख्छन को राख्छ पिर खिचेर
फोटोग्राफर हुँ भनेर के घमण्ड देखाउछौ,
चालमा रहेको खरायोलाई स्थिर खिचेर
✍️नरेन्द्र बिष्ट समाकुल