Home Breaking News बारपाक सुलिकाेटमा बन्ने भयाे १८ काेठे आयुर्वेद औषधालय भवन, गाउँपालिका अध्यक्षद्वारा शिलान्यास

बारपाक सुलिकाेटमा बन्ने भयाे १८ काेठे आयुर्वेद औषधालय भवन, गाउँपालिका अध्यक्षद्वारा शिलान्यास

मङ्लबार, चैत्र १, २०७८
0
169

गाेरखा । जिल्लाकाे बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ स्थित सौरपानीमा  आयुर्वेद औषधालय भवनको सोमबार  एक कार्यक्रमका वीच शिलान्यास गरिएको छ । १८ वटा काेठा रहने दुइ करोड ६१ लाख ५० हजार लागतमा निर्माण हुन लागेको उक्त आयुर्वेद औषधालय भवन निर्माण कार्य २०७९ असोज मसान्त सम्ममा सम्पन्न गरिसक्नुपर्नेछ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाईको जिल्ला आयोजना कार्यान्वयन इकाई(भवन) मार्फत उक्त भवन निर्माण हुन लागेको हो । भूकम्पपछि स्वास्थ्यचौकी पुनर्निर्माण आयोजना अन्तर्गत उक्त आयुर्वेद औषधालय भवन निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले जानकारी दिएका छन् ।

 

NO COMMENTS