गाेरखा । जिल्लाकाे बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ स्थित सौरपानीमा आयुर्वेद औषधालय भवनको सोमबार एक कार्यक्रमका वीच शिलान्यास गरिएको छ । १८ वटा काेठा रहने दुइ करोड ६१ लाख ५० हजार लागतमा निर्माण हुन लागेको उक्त आयुर्वेद औषधालय भवन निर्माण कार्य २०७९ असोज मसान्त सम्ममा सम्पन्न गरिसक्नुपर्नेछ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाईको जिल्ला आयोजना कार्यान्वयन इकाई(भवन) मार्फत उक्त भवन निर्माण हुन लागेको हो । भूकम्पपछि स्वास्थ्यचौकी पुनर्निर्माण आयोजना अन्तर्गत उक्त आयुर्वेद औषधालय भवन निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले जानकारी दिएका छन् ।






