गाेरखा । लिगलिगकोटमा चैत्र ४ गते हुन लागेको साइकल दौडको सम्पूर्ण तयारी पूरा भएको आयाेजकले जनाएकाे छ । लिगलिगकोटको प्रचारप्रसार गर्नका लागि ‘दोस्रो लिगलिगे साईकल दौड’ का लागि व्यस्थापकीय पक्षकाे तयारी पूरा भएकाे हाे ।
५२.९ किलोमिटर लामो खुल्ला साइकल दौडमा पहिलो, दोस्रो, तेस्रोदेखि दशौँसम्म हुनेलाई क्रमसः २५ हजार, २०, हजार, १५, हजार, १०, पाँचहजार, दुई हजार पाँच सय, दुई हजार, एक हजार पाँच सय, तीन जनालाई प्रदान गरिने आयाेजक सँस्थाले जनाएकाे छ ।
महिलातर्फ पनि सोही अनुसार १० जनालाई नगदसहित पुरस्कार प्रदान गरिनेछ । गण्डकी प्रदेशतर्फको प्रतियोगितामा पहिलोदेखि तेस्रो हुनेलाई नगद पाँच हजार, तीन हजार र दुई हजार पाँच सय प्रदान गरिने छ । यो बिधा पनि महिला र पुरुषका छुट्टाछुट्टै छन् ।
पालुङटार नगरपालिका भित्रका स्थानीय महिला पुरुषका लागि छुट्टाछुट्टै बिजेता घोषणा गरिनेछ । दुईहजार पाँचसय, दुईहजार र एकहजार पुरस्कार प्रदान गरिने लिगलिग भिलेज स्पोटर्सका अध्यक्ष सञ्जीव राना मगरले जानकारी दिए । राजिष्ट्रेशनका लागि प्रतिव्यक्ती दुइ हजार रुपैया शुल्क ताेकिएकाे छ ।






