गाेरखाकाे मेयरमा याेगेन्द्र कुमालकाे उम्मेदवारी

आइतवार, बैशाख ११, २०७९
0
266

गोरखा । नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताले गोरखा नगरपालिकाको मेयर पदमा उमेद्वारी दर्ता गराएका छन् ।

आईतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर योगेन्द्र कुमालले मनोनयन दर्ता गराएका हुन् ।

नेकपा आयोगमा दर्ता नभएका कारण कुमालले स्वतन्त्र उम्मेद्वारी दिएका हुन् । गोरखा नगरपालिका वडा नम्वर १२ स्थायी ठेगाना भएका ४८ वर्षका कुमाल सो पार्टीको विशेष समिति सदस्य छन् । उनको प्रस्तावकमा बीरबहादुर कुमाल र समर्थकमा डिलकुमारी कुमाल रहेका छन् ।

नेकपाले जिल्लाका अन्य पालिका र वडाहरुमा पनि भोली उम्मेद्वारी दर्ता गर्ने तयारी गरेको छ । गोरखा पालुङटार नगरपालिका वडा नम्बर ९ मा वडाध्यक्षका लागि लेखनाथ न्यौपानेले उमेद्वारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here