गाेरखा । जिल्लाकाे चुमनुब्री गाउँपालिका वडा नम्बर ६ काे वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्विराेध निर्वाचित भएका छन् । वडा नम्बर ६ का वडा नं. ६ मा लाक्पा छिरिङ लामा (सरोज) अध्यक्षमा निर्वाचित भएका हुन् ।
यस वडामा नेकपा माओवादीले वडा अध्यक्ष र एक जना सदस्य काँग्रेसले ३ जना सदस्य लिने सहमति भएकाे थियाे । एमालेले भने प्रतिनिधि पाउन नसकेकाे खुल्न आएकाे छ । गाेरखामा निर्विराेध निर्वाचित हुने उनी पहिलाे अध्यक्ष हुन् ।






