Home Breaking News चेम्बर्स अफ कमर्श गाेरखाद्वारा जनप्रतिनिधीहरुलाइ शुभकामना प्रदान

चेम्बर्स अफ कमर्श गाेरखाद्वारा जनप्रतिनिधीहरुलाइ शुभकामना प्रदान

सोमवार, जेष्ठ ९, २०७९
0
195

गाेरखा । चेम्बर्स अफ कमर्श गाेरखाले गाेरखा नगरपालिकाका  जननिर्वाचित जनप्रतिनिधिहरुका लागि शुभकामना आदानप्रदान गरेकाे छ । कर्मशका जिल्ला अध्यक्ष भाइचन्द्र श्रेष्ठकाे अध्यक्षतामा भएकाे शुभकामना आदान प्रदान कार्यक्रममा  गाेरखा नगरपालिका नगरप्रमुख कृष्ण बहादुर रानाले नगरकाे विकासका लागि सबैकाे सहयाेग लिएर अघि बढ्ने बताए । राज्यका लगानी सहि ठाउँमा प्रयाेग गर्न नगर प्रतिबद्ध रहेकाे उनकाे भनाइ छ ।

नगर उप प्रमुख मसली माया थाेकरले आफूले ग्रामीण क्षेत्रका समस्या बुझेका कारण किसानहरुकाे हितमा याेजना निर्माण गर्न कुनै कसर बाँकी नराख्ने बताइन । गाेरखा नगरपालिकाकाे विकासकाे सिङ्गाे गाेरखा जिल्लालाइ विकासमा अघि बढाउन सहयाेग गर्ने भएकाले विज्ञहरुकाे सुझाव लिएर विकासमा अघि बढ्ने बताइन ।

कार्यक्रममा चेम्बरका महासचिव रामश्वरुप श्रेष्ठकाे सञ्चलानमा भएकाे थियाे । कार्यक्रममा नगर प्रमुख उप्रमुख  र वडाका अध्यक्षहरुकाे सहभागिता रहेकाे थियाे ।

NO COMMENTS