चुमनुब्री गाउँपालिका अध्यक्ष लामाद्वारा सपथ ग्रहण

मङ्लबार, जेष्ठ १०, २०७९
0
197

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष निमा लामाले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । जिल्ला न्यायधिस दिनबन्धु बरालले आज एक कार्यक्रमका बिच नवनिर्वाचित अध्यक्ष लामालाई सपथ ग्रहण गराएका हुन् ।

उत्तरी गोरखाको चिन सिमानामा पर्ने  चुमनुव्री गाउँपालिकामा मत गणना ढिलो गरी  सम्पन्न भएकाे र मत गणना सकेर जिल्ला सदरमुकाम आउन ४ दिन लागेका अध्यक्ष लामाले आज मात्र सपथ लिएका हुन् ।

गोरखा जिल्लाका अन्य ८ पालिका अध्यक्ष र २ नगरपालिकाका मेयरले भने यस अघि शुक्रबार नै पद तथा गोपनियताको सपथ लिइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here