Home Breaking News शहिदलखनले सामाजिक सुरक्षा भत्ता टाेलटाेलमा पुगेर वितरण गर्ने

शहिदलखनले सामाजिक सुरक्षा भत्ता टाेलटाेलमा पुगेर वितरण गर्ने

मङ्लबार, जेष्ठ १०, २०७९
0
189

गोरखा । गोरखाको शहिद लखन गाऊँपालिकाले सामाजिक सुरक्षा भत्ता टाेलटाेलमा पुगेर वितरण गर्ने भएकाे छ ।  पालिका भित्र रहेका घरमा नम्बर समेत राखिने भएकाे छ  । गाऊँपालिका अध्यक्ष रमेश थापामगरले  सोमवार पदभार ग्रहण गर्दै पालिका भरका घरमा नम्वर राख्ने निर्णय गरेका हुन् । पालिकामा करीव ८ हजार घरधुरी रहेका छन् ।

पहिलो चरणमा मनकामना वजार क्षेत्रका घरको नम्वर राख्ने अध्यक्ष थापामगरले जानकारी दिए । सबै घरमा घर नम्वर राखेपछि ब्यक्ति पहिचान गर्न र सेवा प्रवाहलाई ब्यवस्थित गर्न सहयोग पुग्ने उनकाे विश्वास छ ।

पदभार ग्रहणसँग अध्यक्ष थापामगरले पालिकाको टोल वस्तीमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने पनि निर्णय गरेका छन् ।   अहिले सामाजिक सुरक्षा भत्ताका लागि घैरुङस्थित बैङ्कमा आउनु पर्ने व्यवस्था रहेकाे छ ।

जेठ ६ गते मुख्य निर्वाचन अधिकृतसँग पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएका अध्यक्ष थापामगरले पदभार ग्रहण गरेका हुन् । उनले पालिकाका उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । शहिद लखन गाऊँपालिकाको अध्यक्षमा थापामगर र उपाध्यक्षमा इन्दिरा तिवारी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

NO COMMENTS