भीमसेन थापा गाउँपालिका । एकिकृत अखिल नेपाल शिक्षक संगठन भिमसेनथापा गाउपालिकाको दोश्रो अधिवेशन सम्पन्न भएकाे छ ।
अधिवेशनबाट चन्द्रप्रसाद भट्ट अध्यक्षमा छनाैट भएका छन् । वरिष्ठ उपाध्यक्ष – घनश्याम श्रेष्ठ, उपाध्यक्ष – सर्मिला बि क,उपाध्यक्ष – रामचन्द्र लामिछाने,सचिव – देवि बाबु कोइराला,काेषाध्यक्ष – रामचन्द्र वाग्ले,सदस्य – युव कुमारि श्रेष्ठ,यदु प्रसाद लामिछने, सितराम सिर्मल,सन्तोष पोखरेल,सन्तोष श्रेष्ठ,ठाकुर प्रसाद पाण्डे,दुर्गा प्रसाद पाण्डे,मुना के सी,साबित्री श्रेष्ठ, बिनु श्रेष्ठ,लजना थापा,ठाकुर प्रसाद सिंखडा,बिमल राज शाक्य,अ्म्बिका खनाल,ऋषिराम भट्टराइ रहेका छन् ।
अधिवेशनकाे उद्घाटन नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्रका केन्द्रिय सदस्य हरीराज अधिकारीले गरेका थिए । उनले राजनैतिक परिवर्तनका लागि शिक्षकहरुकाे भूमिका महत्वपूर्ण रहेकाे बताएका थिए ।
उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रीय निर्वाचन आयोगका सदस्य स्थिरप्रसाद खनाल, संगठनका जिल्ला अध्यक्ष बाबुराम बि.क, पार्टी गण्डकी प्रदेश समिति सदस्य अकुर तिमिल्सेना, प्रेमचन्द्र श्रेष्ठ, गाउँपार्टी समितिका अध्यक्ष सुजन पाण्डे (बिनोद), उपाध्यक्ष नारायण श्रेष्ठ, सागर श्रेष्ठ, सचिव मदन शाक्य, संगठनका जिल्ला सचिव शिवकुमार यादव लगायतको आतिथ्यता रहेको थियो ।






