गाेरखा । गृह मन्त्रालयले गोरखाको प्रमुख जिल्ला अधिकारीको रुपमा सहसचिव दिनेश सागर भुषाललाई पठाउने निर्णय गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट गोरखाको प्रमुख जिल्ला अधिकारीमा भुषाल ताेकिएका हुन् ।
भुषाल यसअघि कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिव भइ काम गरेका थिए । बुधबार गृहमा सरुवा भएका भुषालकाे गाेरखा सरुवा भएकाे हाे । यस अघि गाेरखा सरुवा भएका लालबाबु कवारीकाे अडियाे सार्वजनिक भएपछि गृह मन्त्रालयले जानविनका लागि कवारीलाइ गाेरखा आउन राेकेकाे थियाे ।
जिल्लामा रहेका प्रहरी प्रमुख एसपी केदार खनालको पनि सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागको सूचना अनुसार एसपी अनुपम श्रेष्ठलाई जिल्लाको प्रहरी प्रमुखको रुपमा सरुवा गरिएको छ । श्रेष्ठ प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान रणनीति तथा कार्ययोजना शाखामा कार्यरत थिए । खनाल नेपाल प्रहरीको प्रदेश कार्यालय पोखरामा सरुवा भएका हुन् ।






