गाेरखा । ‘जनयुद्धमा गण्डकी’ नामक पुस्तक लाेकापर्ण भएकाे छ । पुस्तकका लेखक पत्रकार सागर पन्त र माओवादी नेता अकुर तिमिल्सिना रहेका छन् । पुस्तककाे जनयुद्ध दिवसकाे अवसर पारेर माओवादी नेता तथा नेपाल सरकारका भाैतिक याेजना तथा पुर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ लाेकार्पण गरेका हुन् ।
गण्डकी गाउँपालिकामा भएकाे कार्यक्रममा पुस्तक सार्वजनिक गरिएकाे हाे । पुस्तकमा जनयुद्धमा गण्डकी गाउँपालिकाकाे भूमिका, गण्डकीबाट बलिदान गर्ने शहिदहरुकाे विवरण, प्रजातन्त्र स्थापना देखि हालसम्मका जनप्रतिनीधिहरुकाे विवरण, जिल्ला भरीका शहिदलहरुकाे विवरण समेटिएकाे छ । १८० पृष्ठकाे उक्त पुस्तकमा युद्धका क्रममा भएका वास्तविक घटनाका सँस्मरणहरु लेखिएका छन् ।
कार्यक्रममा गाेरखा निर्वाचन क्षेत्र नम्बर १ का पूर्व साँसद हरीराज अधिकारी, पालिकाका जनप्रतिनीधि, कर्मचारी, सञ्चारकर्मीहरुकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रम गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाकाे अध्यक्षतामा भएकाे थियाे ।