आँबुखैरेनी गाऊँपालिकाका जनप्रतिनिधिहरु सबैले शैक्षिक सत्र (२०८० साल) देखी आफ्ना छोराछोरीहरूलाई अनिवार्य रूपमा सामुदायिक बिद्यालयमा अध्ययन गराऊने निर्णय गरेकाे छ ।
२०७९/०११/०७ गते प्रजातन्त्र दिवसकाे दिन पारेर आँवुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा बसेको गाउँकार्यपालिकाको बैठकले आगामी नयाँ शैक्षिक सत्र देखि अनिवार्य रुपमा गाउँ सभा सदस्य हरुले आफ्ना बाललबालिका (छोराछोरी ) हरुलाइ अनिवार्य रुपमा सामुदायिक अध्ययन गराउनु पर्ने निर्णय गरेको हो ।
पालिकाकाे वडा नम्बर छ का वडा अध्यक्ष सन्ताेष गुरुङले वडा कार्यालय भवन रुद्रदेवी आधारभूत विद्यालयकाे लागि दिने निर्णय गरेकाे छ । रुद्रदेवी विद्यालयकाे भवन जीर्ण र प्रयाप्त ताप र प्रकाश नभएकाे कारण वडा कार्यलय विद्यालयबाट सञ्चालन गर्ने र विद्यालय हालसालै निर्माण भएकाे वडा भवनमा सञ्चालन गर्ने निर्णय भएकाे वडा अध्यष सन्ताेष गुरुङले बताए ।
वडा भवनमा सुर्यकाे प्रकाश प्रयाप्त रहेकाे र काेठाहरु समेत बालबालिका मैत्री रहेकाले विद्यालयका लागि उपयुक्त हुने उनले बताए ।