नेपालका ७४ जिल्लामा डेंगु, गाेरखा उच्च जाेखिममा

सोमवार, भदौ ३, २०८१
0
183

३ भदौ, गाेरखा । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेबाट सर्ने डेंगु नेपालका ७४ जिल्लामा फैलिएको छ । त्यसमध्ये इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को पछिल्लो तथ्यांक अनुसार सबैभन्दा बढी तनहुँमा छन् ।सन् २०२४ को सुरू अर्थात् गत पुसको मध्यदेखि हालसम्म ३ हजार ७५५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का अनुसार गण्डकीमा १ हजार ४४८, बागमतीमा ९२८ डेंगु संक्रमित फेला परेका हुन् । गाेरखामा विगत २ महिनमा ५३० जनामा डेङ्गु सँक्रमण भएकाे छ । जिल्ला वाहिर उपचार गराउनेकाे रेकर्ड यसमा सँलग्न छैन ।

जिल्लागत रूपमा सबैभन्दा धेरै तनहुँमा ७१५, काठमाडौंमा ३५४, कास्कीमा २७४, झापामा १४७, चितवनमा १४५, पर्वतमा १३६, मकानपुरमा ९०  जना डेंगु संक्रमित भेटिएका छन् ।

पछिल्ला दिनमा गण्डकीमा प्रदेशका जिल्लामा डेंगु फैलिने क्रम बिस्तारै बढ्दै छ । अब मनसुन बिस्तारै रोकिँदै गएसँगै डेंगुका बिरामी बढ्न सक्ने इडीसीडीका अधिकारी बताउँछन् । अघिल्लो वर्ष ७७ वटै जिल्लामा डेंगु फैलिँदा ५२ हजार भन्दा बढी संक्रमित भएका थिए भने २० जनाको मृत्यु भएको थियो ।

गाेरखा उच्च जाेखिममा

जिल्लाकाे आरुघाट गाउँपालिकामा डेङ्गु सँक्रमितहरुकाे सँख्या धेरै रहेकाे छ । त्यसपछि गाेरखा नगरपालिका र पालुङटार नगरपालिका रहेका छन् ।  पछिल्लाे तथ्याङ्कले गाेरखा उच्च जाेखिम क्षेत्रमा परेकाे छ । तनहुँकाे आरवुखैरेनीमा मात्रै एक हजार पाँचसय जना सँक्रमित भइसकेका रेकर्डले पुष्टि गरेका छन् ।

टाइगर मस्क्वइटाेका नामबाट चिनिने लामखुट्टेले साँझ र विहानकाे समयमा टाेक्दा डेङ्गु सँक्रमण हुने गर्दछ । २० दिन मात्र आयु हुने उक्त लामखुट्टेले जमेकाे सफा पानीमा अण्डा पार्ने गर्दछ । अण्डा पारेका तीन दिनमा लार्भा र सात दिन भित्र वयस्क लामखुट्टे बन्दछ । एक पटकमा दुइसय देखि तिनसय अण्डा पार्ने यस लामखुट्टेले आफ्नाे जीवनकाल २० दिन भित्रमा ८०० जति अण्डा पार्दछ । यसकाे अण्डा सुख्खा ठाउँमा दुइ वर्ष सम्म सुरक्षित रहन्छ र पानी पाउना साथ अण्डाबाट वयस्क लामखु्ट्टे बन्दछ ।

यस लामखुट्टेकाे लार्भालाई डान्सिङ स्टार पनि भनिन्छ । पानीमा याे नाचिरहेकाे हुन्छ । निरन्तर नाचिरहने भएकाले स्वास्थ्यकर्मीहरुले यसलाई डान्सिङ स्टार भनेका हुन् ।

थाेरै मात्र जमेकाे पानी दुइदिन एक ठाउँमा रहेमा त्यहाँ लामखुट्टेले अण्डा पार्दछ । यसैले यसबाट जाेखिन पानी जम्ने स्थान कहिँकतै राख्नुहुँदैन । डेङ्गु सँक्रमित लामखुट्टेकाे अण्डा पनि सँक्रमित हुन्छ र त्यसबाट बन्ने लामखुट्टेहरु सबै सँक्रमित हुन्छन् ।  डेङ्गुबाट बच्ने उपाए भनेकाे पानी जम्न नदिएर उसलाई अण्डा पार्न नदिनु हाे । जव यस लामखुट्टेले टाेक्दछ त्यसपछि डेङ्गु प्रजातिकाे भाइरस मानिसकाे शरीर भित्र पस्दछ र त्यसले रगतमा हुने प्लेटलेट्सकाे नास गर्दछ यसले मानिसलाई कमजाेर बनाइ विरामी बनाउँछ ।  यस प्रजातिकाे लामखुट्टे कार्तिक १५ सम्म सक्रिय हुने गर्दछ ।

जनस्वास्थ्यविद्का अनुसार डेंगुको प्रकोप फैलिनुमा बढ्दो तापक्रम, जनघनत्व, अव्यवस्थित शहरीकरण, जलवायु परिवर्तन, लामो बर्खा, किटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायत कारण हुन् ।

डेंगु लामखुट्टेबाट सर्ने रोग हो । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि–विकास हुन्छ । डेंगु भाइरस फैलाउने लामखुट्टेका लागि भने १० देखि ४० डिग्रीसम्मको तापक्रम अनुकुल मानिन्छ ।  संक्रमित पोथी लामखुट्टेले न्यूनतम पाँच एमएलसम्म पानी जमेको र सफा पानीमा पनि फुल पार्न सक्छ ।

डेंगु मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेंगु लागेमा रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरूप बिरामी व्यक्ति सिकिस्त हुने गर्छन् ।

धेरैमा डेंगु कडा हुँदैन तर, कसैकसैमा भने डेंगु संक्रणले जटिल अवस्था आउन सक्छ । निरन्तर वान्ता हुनु, पेट धेरै दुख्नु, रक्तश्राव हुनु, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने, रगत जाँचमा प्लेटेलेट्स संख्या तीव्र गतिमा घट्नुले डेंगुको जटिल अवस्थामा जान सक्ने संकेतको रूपमा लिने गरिन्छ । यस्तो अवस्थामा अनिवार्य चिकित्सकको निगरानीमा उपचार वा परामर्श लिर्नुपर्ने हुन्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसे फरक सेरोटाइपको संक्रमण भएमा जटिलता बढी हुने बताउँछन् । उनका अनुसार पहिलो पटक डेंगुको जुन सेरोटाइपले संक्रमण गरेकोमा अर्को पटक पुनः त्यही सेरोटाइपले संक्रमण गर्दैन । तर दोस्रो पटक–फरक खालको सेरोटाइपले संक्रमण गर्दा जटिलता बढी हुन्छ ।

डेंगुबाट बच्न के गर्ने ?

डेंगु लामखुट्टेको वृद्धि, विकास सबभन्दा बढी फालिएका टायरमा तथा फलाम र प्लास्टिकका ड्रमहरू हुन् । डेंगुको संक्रमण रोक्नका लागि लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घरभित्र र वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाडाहरू खोजी खोजी सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्दछ ।

ट्यांकी, ड्रम, बाटा, बाल्टिन जस्ता पानी राख्ने भाँडाहरू पनि लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्नुपर्छ । पानी जम्नसक्ने ठाउँमा नियमित सफा गर्नुपर्छ । साथै समुदायस्तरमै लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्र पार्ने पर्छ ।

बाहिर निस्कँदा शरीर ढाक्ने कपडा लगाएर निस्कने, घरका झ्याल, ढोकामा जाली हाल्ने, दिउँसो सुत्दा झुल हाल्नेजस्ता पक्षलाई व्यवहारमा उतार्नुपर्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here