आधारभुत विद्यालय न्यूरेनीले मनायाे ५३ ‌औँ वार्षिकाेत्सव

मङ्लबार, पुस ९, २०८१
0
202

चितवन । जिल्लाकाे पुर्वी क्षेत्र कालिका नगरपालिका वडा नम्बर ८ स्थित न्युरेनीमा रहेकाे आधारभूत विद्यालयले स्थापनाकाे ५३ ‍औँ वार्षिकाेत्सव मनाएकाे छ ।

वार्षिकाेत्सवकाे आज एक कार्यक्रमका वीच कालिका नगरपालिका मेयर विनाेद रेग्मीले उद्घाटन गर्नु भएकाे थियाे । कार्यक्रममा बाेल्दै मेयर रेग्मीले चालु शैक्षिक सत्रदेखि नै यस विद्यालयले शैक्षिक सेवामा आफूलाइ उचाइ थप्दै लगेकाे बताउनुभयाे ।

एउटा आधारभूत  विद्यालयकाे वार्षिकाेत्सव यही तरिकाले गर्ने र विद्यार्थीहरुकाे अनुशासनसँगै सिकाइ गराउने हाे भने सामुदायिक विद्यालयहरुकाे शैक्षिक स्तर उकास्न सजिलाे हुने बताउनुभयाे । विद्यालय सञ्चालनमा विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक सहितकाे शिक्षक टिम मिल्याे भने छाेटाे समयमा पनि प्रगति हुने रहेछ भन्ने कुरा आज यस आधारभूत विद्यालयले सिकाएकाे बताउनुभयाे ।

कतिपय विद्यालयहरुले गर्नै पर्ने सामाजिक उत्तरदायित्वका काम समेत पत्राचार नगर्दा समेत गर्दैनन् तर आज यस विद्यालयले वार्षिकाेत्सव गरेर जग्गादाता, चन्दादाता, पूर्व शिक्षक, प्रधानाध्यापक, समितिका पुर्व अध्यक्षहरुलाइ सम्मान गर्नु यस विद्यालयकाे आगामि उज्जवल भविष्यकाे यात्रा तय गर्नु रहेकाे बताउनुभयाे । आजकाे वार्षिकाेत्सवले विद्यालयलाइ माया गर्नेहरु बढेकाे र यसले राम्राे सँकेत गरेकाे मेयर रेग्मीले बताउनुभयाे ।

विद्यालय व्यवस्थापन समितिका  अध्यक्ष भरत ढुङ्गानाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा विशिष्ट अतिथि कालिका नगरपालिका उपमेयर  विमला लामा, वडा अध्यक्ष चित्र वहादुर मगर र नगर शिक्षा प्रमुख गंगाधर रिमालकाे काे  आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रममा  विभिन्न सामुदायिक संघसंस्थाका प्रतिनिधहरु,अभिभावक , बिद्यार्थी , विद्यालय ब्यबस्थापन समिती शिक्षक अभिभावक संघ, समाजसेबी , छिमेकी बिध्यालयका प्रधानाध्यापकहरु लब्धप्रतीष्ठित व्यक्तित्व राजनितिक दल संघ सस्थाहरु हाम्रो निमन्त्रणालाई स्विकार गरि उपस्थिति भैदिनु भएकोमा विधालयले धन्यवाद दिएकाे छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामकृष्ण खनालले विद्यालयका आयव्यय प्रस्तुत गर्नुका साथै चुनाैति, अवसर र अागामि रणनीतिका बारेमा चर्चा गर्नु भएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here