अखिल क्रान्तिकारी गाेरखाकाे अध्यक्षमा अम्गाइ निर्विराेध

सोमवार, पुस १५, २०८१
0
265

गोरखा, १५ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भातृसंगठन अखिल (क्रान्तिकारी) गोरखाका नेतृत्व सर्वसम्मत निर्वाचित भएको छ ।

अधिेबशनबाट निर्वाचित जिल्ला समितिका सदस्यहरुको बैठकले संगठनको गोरखा जिल्लाको अध्यक्ष लगायतका सवै पदाधिकारीहरु चयन गरेको छ ।

अध्यक्ष सुलभ अम्गाई, उपाध्यक्षमा सन्तोष बस्याल, सरोज चुदारा, सचिवमा सचिन खनाल, सहसचिवमा सन्ध्या अच्छामी र कोषाध्यक्षमा आकृति उपरकोटी सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक धुब्रप्रसाद भट्टले बताउनुभयाे ।

यसअघि सम्पन्न संगठनको जिल्ला भेलाले जिल्लाका भित्रका सवै पालिकाबाट प्रतिनिधित्व हुने गरी जिल्ला समितिका सदस्यहरुको टुङगो लगाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here