शालिन, सरल र मिजासिला स्वभावका खनाल द्रव्यशाह क्याम्पसकाे स्ववियु सभापति उम्मेदवार

बुधबार, फाल्गुन २८, २०८१
0
260

अञ्जन श्रेष्ठ

गाेरखा । द्रव्यशाह बहुमुखि क्याम्पसमा परिवर्तनको आवस्यकता  अनुसार अखिल क्रान्तिकारीले सचिन खनाललाइ स्ववियु सभापतिकाे उम्मेदवार बनाएकाे छ । सामुदायिक क्याम्पसमा आफूलाइ अब्बल सावित गरेकाे द्रव्यशाह क्याम्पसकाे शिक्षण सुधार र समग्र क्याम्पसका साथै विद्यार्थीकाे हकहितका लागि खनाल अग्र माेर्चामा देखिएका छन् ।  द्रव्यशाह क्याम्पसका विद्यार्थीहरुकाे साझा उम्मेदवारकाे रुपमा खनाल रहेका हुन् ।  विगतमा स्ववियुकाे सचिव भएर काम गरिसेकका खनाललाइ द्रव्यशाह क्याम्पसले स्ववियु सभापति पाउनेभएपछि सबैमा खुशीयाली छाएकाे छ ।

क्याम्पसमा परिवर्तनको बीउ रोप्न र सिकाइमा अब्बल क्याम्पस  निर्माण गर्न आफू सबैँकाे सल्लाह र सुझाव लिएर अघि बढीरहेकाे खनालले बताउनुभयाे । सबै विद्यार्थीहरुले चैत ५ गते स्वबियु सभापति पदको उम्मेदवार सचिन खनाललाइ हसिलाे चेहराका साथ मतदान गर्न अग्रज विद्यार्थीहरुले सूझाव दिएका छन् ।

शालिन, सरल र मिजासिला स्वभावका खनालकाे उम्मेदवारी मात्रै हाेइन उहाँ जस्ताे विद्यार्थी नेता यस क्याम्पसकाे लागि अत्यावश्यक रहेकाे क्याम्पसका प्राध्यापकहरू बताउँछन् । सबैकाे साझा उम्मेदवार रहनु भएका खनालकाे जीतले द्रव्य शाह क्याम्पसका विद्यार्थी, क्याम्पस परिवार र सिङ्गाे गाेरखाली समुदाय प्रफुलि्लत हुने भएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here