गाेरखा । रेड युनाइटेड युथ क्लव गाेरखाले आइतबार गाेरखामा रक्तदान गरेकाे छ । नेपाल रेडक्रस साेसाइटी गाेरखा शाखाकाे समन्वयमा क्लवका युवाहरुले रक्तदान गरेका हुन् ।
क्लवका अध्यक्ष सुवास तामाङकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष ऋषिराम खत्रीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । आसन्न निर्वाचनकाे पूर्व सन्ध्यामा युवाहरुले रक्तदान गर्नु अत्यन्तै राम्राे काम रहेकाे बताउनुभयाे । मानिसहरु निर्वाचनमा केन्द्रीत भएका छन् अस्पतालमा रगतकाे अभाव छ यस्ताे अवस्थामा युवाहरु सँगठित भएर रक्तदान गर्नु जीवनदान गर्नु सरह हाे अध्यक्ष खत्रीले भन्नुभयाे ।

कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी गाेरखा शाखाका उपसभापति भक्तराम राना मगर, पूर्व मन्त्री राजेन्द्र न्याैपाने लगायतले मन्तव्य राख्नु भएकाे थियाे । क्लवका काेषाध्यक्ष रामशरण थापा थापा मगरले स्वागत मन्तव्य राख्नु भएकाे उक्त कार्यक्रमकाे सञ्चालन सचिव सुरेस वानियाले गर्नु भएकाे थियाे ।
कार्यक्रममा क्लवका युवायुवती, सुरक्षाकर्मीहरूले रक्तदान गरेका थिए ।






