गोरखाको दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि

शनिबार, फाल्गुन २३, २०८२
0
29
२३ फागुन, गोरखा । फागुन २१ गते भएको निर्वाचनको मतगणनाको काम गोरखामा जारी छ । गोरखा  निर्वाचन २ को मत गणना शुक्रबारबाट र निर्वाचन क्षेत्र नम्बर १ को मतगणना शनिबारबाट सुरु भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका  घण्टी चुनाव चिन्हका उम्मेदवार कविन्द्र बुर्लाकोटी ८७९५ मत सहित पहिलो स्थानमा रहनु भएको छ । यसैगरी नेपाली काँग्रेस रुख चुनाव चिन्हका प्रकाशचन्द्र दवाडी  ४५५७, नेपाली कम्युनिष्ट पार्टीका पाँचकुने तारा चुनाव चिन्हका लेखनाथ न्यौपाने ३६१३ र नेकपा एमाले सुर्य चिन्हका उम्मेदवार मिलन गुरुङ १०१९ मत प्राप्त गर्नु भएको छ । गोरखा नगरपालिका, अजिरकोट गाउँपालिका क्षेत्रका मतगणना सकेर बारपाक सुलिकोट तर्फ गणना सुरु भएको छ ।
गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा चुमनुब्री गाउँपालिबाट मतगणना सुरु भएको छ । थोरै मतदाता रहेको उक्त क्षेत्रमा हालसम्मको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका  घण्टी चुनाव चिन्हका उम्मेदवार सुदन गुरुङ ७१७ मत सहित प्रथम स्थानमा रहनु भएको छ । रुख चिन्हका प्रेम कुमार खत्री ३६५, तारा चुनाव चिन्हका हरीराज अधिकारी ३३५ र सुर्य चुनाव चिन्हका रामचन्द्र लामिछान्  ५९ मत प्राप्त गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here