२५ फागुन, गोरखा । फागुन २१ गते भएको निर्वाचनको प्रत्यक्ष तर्फको मतगणनाको काम सकिएको छ । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदन गुरुङ विजयी भएका छन् ।
गुरुङले २९९०० मत प्राप्त गर्दा उनका निकटतम प्रतिपर्ष्धी नेपाली काँग्रेसका प्रेम कुमार खत्रीले १५२४६ मत प्राप्त गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका हरीराज अधिकारीले १११२४ र नेकपा एमालेका रामचन्द्र लामिछानेले ३७३२ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद गौतमले जानकारी दिनुभयो । गुरुङ १४६५४ मतान्तरले विजयी हुनु भएको छ ।






