भारतीय तिर्थ यात्रु बोकेको गाडी दुर्घटना हुँदा सात जनाको मृत्यु

शनिबार, फाल्गुन ३०, २०८२
0
15

राजेन्द्र न्याैपाने

३० फागुन, गोरखा । भारतीय तिर्थयात्रु बोकेको वाग्मती प्रदेशको ००६ ख ८४३० नम्बरको इलेक्ट्रोनिक भ्यान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मनकामना दर्शन गरेर फर्किएको गाडी शहिदलखन गाउँपालिका वडा नम्बर ३ स्थित कान्टारमा दुर्घटना भएको स्थानीइ जनप्रतिनिधि ऋषि कट्टेलले जानकारी दिनुभयो ।

के कारणले दुर्घटना भएको हो भन्ने खुलेको छैन । घाइतेहरुको आँवुखैरेनी अस्पताल तनहुँमा उपचार भइरहेको छ । मृतकहरुको सनाखत हुन सकेको छैन ।

दुर्घटना लगतै घटना स्थलमा स्थानीय र प्रहरीको टोली उद्धारमा खटिएको प्रहरी नायव उपरिक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । भ्यानमा चालक सहित १४ जना सवार रहेका श्रेष्ठको भनाई छ । घटना अन्दाजी सात बजेकाे समयमा घटेकाे हुन सक्ने स्थानीयले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here