चौध टुक्काकार का १४ उत्कृष्ट टुक्का कविता

मङ्लबार, असार १५, २०७८
0
522

१)भन्छिन् आमा भोली रोपाईँ उकेरो लाउँनुपर्छ पानी,
नजिक नहर नभएकोले यस्तो सास्ती जिन्दगानी ।
२)शहरमा त छस् बाबु!बाआमाको गुनासो सुन्छु,
बाउसे पाइएन भन्छन् अनि घर सम्झी रुन्छु।

शर्मिला श्रेष्ठ,ललितपुर
हाल परदेश


हुत्तिहारा नबन्नु होला कहिल्यै पनि हजुर!
नत्र हेपिरहन्छ गधालेसम्म सम्झी खजुर।

आपद्विपद आउँदा कहिल्यै हार नखानु होला साथी!
अघि बढ्नु सँधै भन्दै टेक्छु पाइला हिमालचुली माथि।
– रतन पाण्डे’पारतन’, दार्जीलिङ।


जातिय विभेदको चर्चासँगै सामाजिक सद्भाव ढल्दैछ यो शहरमा,
त्यही जात अनि धर्ममाथि नै राजनीति चल्दैछ कोरोनाको कहरमा।

छुवाछुत र जातिय विभेद अन्त्य गरौं हटाइ संकुचित भावना,
दही-चिउरा खाने दिन, धान दिवसको सम्पूर्णलाई शुभकामना।
– शम्भु लाल श्रेष्ठ
नागार्जुन -१ रानीवन, पानीट्यांकी, काठमाडौं।

१.
हिनताबोध हुन्छ देशका नेतालाई देख्दा
यी हातले सधै भरी तिनका कर्तुत लेख्दा ।
२.
नभन्नु थियो भनिहालें देशको यो बेथिती
कहिले होला यहॅा आउने राम्रो मात्रै रीती ।
– राजेशराज गड्तौला
रतुवामाई-१०, मोरंग
हाल- आबुधाबी, युएई

१.
जनता प्रति कुनै जिम्मेवार छैनन् नेता,
मिलेर लागेका ढुकुटी रित्याउन उता ।
२.
खै यो देशमा सधैं देखिन्छ अत्याचार
निमुखा गरिब माथि हुन्छ हारैहार।
– दुर्गा भट्टराई


फर्कि आऊ आफ्नै गाउँ मलाई सम्झी,
मर्छु होला तिम्रै सामु यादमा अल्झी।

कुरेर बसी जीवन काटेँ तिम्रै पर्खाईमा,
तिम्रो माँया पाउन धाएँ अस्ति अड्डाईमा।
– कल्पना थामी, सिन्धुपाल्चोक


अब नगरौं भन्छु मान्दैन यो मन
भाङ भाएर भएको छु रन बन।

मदिरा पिएर जथाभावी नबोल,
दुईदिनको जीवन हो अनमोल!
– प्रेम सुनार, दैलेख


गाउँ घरमा खाने सुर्तीमा पातको,
नेपाली हामी नगरौँ कुरा जातको।

मिलाई काठ ठोकेर काँटी बनाउने खाट,
हातमा मिलाई एउटै सम्झी दिने हो साथ।
– अनुग्रह राना मगर (पुस्प)
संखुवासभा हाल मलेसिया


देशका लागी ज्यान दिन्छु शत्रु छिर्न दिन्न आमा,
पाले बनि बसेकोछु म त देशको सिमानामा ।

सिमा मिच्न खोज्दैछन रे छिमेकोले आजभोली,
तयारी छौ देशका लागी मर्न मार्न हाम्रो टोली ।
– नवशिला
बेलबारी -२, लालभित्ती,मोरङ
हाल: गोदावारी, ललितपुर


त्यो छोडेको बगर लिन आइसक्यो खोली,
नेता ज्यु घुस खाए पनि भरिदैन झोली ।

जो रक्षक छ उहीँ भयो भक्षक वनको,
हिफाजत कस्ले गर्ला खै नेपाल धनको ?
– विनोद रिजाल, बेलबारी


निर्दोष यो छाती भित्र लागेको छ ठूलो घाउ,
भेटिएन न टाँका न मलम लाउने ठाउँ ।

घर सम्हाल्न सकेको छैन देशको कुरा,
मिठा भाषणमा जनता माथी तिखा छुरा।
– भुपेन्द्र राना मगर
नीलकण्ठ न• पा• २, धादिङ

१.लुडो भए जाँदैन अन्त ध्यान ,
नखाएरै सुक्दैछ मेरो ज्यान ।
२.
घरमा त्यसै त कराउँछन् बुडोले ,
अचेल टुक्का लेख्न बिर्सायो लुडोले ।
– ललिता अभागी
सुनकोशी ५ सिन्धुली


कैलाशका अधिपति शिव बाबा रमाएर
पुम्दिकाेटमा आइबसे आशन जमाएर ।

पर्यटनको प्रबर्द्धनमा पाेखराकाे शान्छ,
भक्तजनको आस्थाविश्र्वास पूरा ध्यान तान्छ ।
– रामकृष्ण दवाडी


आकाशमा कालो बादल छायो,
सिन्धुपाल्चोक बाढीले बगायो ।

उर्लिए मेलम्ची किनार तोडी,
भागम्भाग रातैमा घर छोडी ।
– गाेपाल कृष्ण ढंगाेल
महाराजगञ्ज, काठमाडाैं
हाल इटहरी सुनसरी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here