आरुघाट, गाेरखा । जिल्लाकाे आरुघाट गाउँपालिका गाेरखाले सुत्केरी महिलाका लागि एक हजार पाेषण भत्ता उपलब्ध गराएकाे छ । पालिका स्थापना भएपछि का पछिल्ला आर्थिक वर्षमा स्वास्थ्य सँस्थामा सुत्केरी गराउन आउने महिलाहरुका लागि राज्यले नियमित रुपमा प्रदान गर्दै आएकाे भत्तामा थप एक हजार प्रदान गर्ने गरिएकाे हाे ।
पालिकाले यस आर्थिक वर्षमा दुइ सय भन्दा धेरै सुत्केरी महिलाका लागि भत्ता उपलब्ध गराएकाे प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले बताए । पालिका भित्र रहेका वा बाहिर रहेका स्वास्थ्य सँस्थामा सुत्केरी गराउने पालिका भित्र वसाेबास भएका सबै महिलाहरुलाइ भत्ता उपलब्ध गराएका छाैँ उनले भने । पालिका भित्र बसाेबास भएका सबै सुत्केरी महिलाहरुका लागि सेवा दिएका छाैँ नागरिकता हेरेर आरुघाट हाे हाेइन भन्दैनाै । यहाँ बसाेबास गरिरहेका सबैलाइ समान अधिकार प्रदान गरेका छाैँ , अधिकारीले भने ।
याे वर्ष ल्याउनुपर्ने नीति कार्यक्रम तथा बजेटकाे काम अन्तिम चरणमा पुगेकाे र केही दिनमा सार्वजनिक गर्ने तयारी रहेकाे उनले बताए । पालिकालाइ अगाडि बढाउन ,सबै उमेर समूहका नागरिकहरुकाे हित हुने गरी स्राेत साधनले भ्याएसम्म सम्पादन गर्न सकिने गरि उत्कृष्ट कार्यक्रमहरु ल्याउने तयारी गरेकाे उनले बताए ।






