असार । राष्ट्रपति बिद्यादेवी भण्डारीले नेपाली काग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज प्रधानमन्त्री देउवाको सिफारिशमा चार जना मन्त्री नियुक्त गरेकी हुन् ।
नवनियुक्त प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले बालकृष्ण खाँणलाई गृह, ज्ञानेन्द्रबहादुर कार्कीले कानून, न्याय तथा संसदीय मामिला, पम्फा भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइ र जनार्दन शर्मालाई अर्थ मन्त्रालयको जिम्मेवारी प्रदान गर्नुभएको हो । खाँण र कार्की नेपाली कांग्रेसबाट र भुसाल र शर्मा नेकपा (माओवादी केन्द्र) बाट सरकारमा सहभागी भएका हुन् ।
सर्वोच्च अदालतको फैसलापछि नेपालको संविधानको धारा ७६ (५) अनुसार देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गर्दै देउवासहित १४६ जना सांसदले १० जेठमा सर्वोच्चमा निवेदन दिएका थिए ।






