पहिराे पिडितलाइ श्रेष्ठकाे पहलमा सहयाेग प्रदान

शुक्रबार, साउन १, २०७८
0
181

गाेरखा ।  जिल्लाको शहिदलखन गाउँपालिका बुँकाेट घर भएका उत्तर कुमार श्रेष्ठले पहिराे पिडित नागरिकहरुलाइ गैरखाद्य बस्तु सहयाेग गरेका छन् । पहिरोको कारण जोखिममा रहेका घरहरुका लागि ४ बन्डल जस्ता,३० मिटर म्याट र ८ थान त्रिपाल प्रदान गरेका हुन्  । स्थानीय  रामामाया श्रेष्ठ,चन्द्र बहादुर श्रेष्ठ र तोलक बहादुर श्रेष्ठ  पहिराेका कारण समस्यामा परेका थिए ।

यसैगरी १२ किलो स्वास्थ चौकी,गोरखा मनकामना यातायात प्राली,सिरानचोक गाउँपालिका वार्ड नम्बर १ को नमूना आमा समुहलाई मास्क,स्यानिटाइजर,म्याट र सेनेटरी प्याड युबा नेता सुरेन लामिछाने मार्फत हस्तान्तरण गरेका छन् ।  पहिरो गएर पीडित बनेका सहिद लखन गाउपालिका ७ को अँधेरिमा त्रिपाल हस्तान्तरण गरेका छन् ।

शहिद लखन ८ मा अबस्थित राम्चे प्राबी, भिमसेन तारा,महादेवपुर,छापथोक सामुदायिक भबनलाई समेत उहाले म्याट,सेनेटरी प्याड,त्रिपाल प्रदान गरेका छन्। सहिद लखन ८ मा रहेको सहिद स्मृति माबिलाई उनले सेनेटरी प्याड,मास्क र सेनिटाइजर वितरण गरेका छन् ।

सहयोगी दाताहरु युबा ब्यबसायी नबराज अम्गाई, कलाकार कमल बाबू परियार ,रामहरि श्रेष्ठ,नबलकिशोर,,अमृत श्रेष्ठ हटिया,संकल्प श्रेष्ठ,रामप्रसाद भन्तना,प्रकाश अम्गाइ,सुरज रेग्मी, प्रकाश कोइराला,धनबहादुर श्रेष्ठ प्रति श्रेष्ठले आभार व्यक्त गरेका छन्  ।

श्रेष्ठले विपदका समयमा सहयाेग जुटाएर जिल्ला भित्र र बाहिर सहयाेग पुर्याउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here