माधव पक्षका नेताहरुले अन्तिम अवस्थामा देउवालाइ विश्वासकाे मत नदिने

आइतवार, साउन ३, २०७८
0
288

नेकपा एमालेका माधव नेपाल पक्षीय प्रतिनिधिसभा सदस्य बैठक हलबाट बाहिरिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा प्रस्तुत विश्वासको मतको सन्दर्भमा छलफल चलिरहेका बेला नेपाल पक्षका सांसद बाहिरिएका हुन् ।

राजेन्द्र महतो र महन्थ ठाकुर जस्ता प्रतिगामीले पनि विश्वासको मत दिने भएपछि बैठकबाट बाहिरिएको सांसद झपट रावलले जानकारी दिए ।

सांसद यज्ञराज सुनुवारले पार्टी एकता कायम होस् भनेर केही सांसद बाहिरिएको बताए ।

विश्वासको मतका लागि आवश्यक पर्ने गरी मात्र माधव पक्षका सांसदहरूले मत दिने रावलको भनाइ छ ।

यद्यपि जसपाको महन्थ पक्षले. विश्वासको दिन भएपछि देउवालाई बहुमतका लागि माधव पक्षको मत अनिवार्य छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here