कुकुरकाे प्रयाेग गरेर हराएका सामग्री खाेज्दै प्रहरी

मङ्लबार, साउन ५, २०७८
0
252

तनहुँ ।  म्याग्दे गाउँपालिकाको अकलादेवी मन्दिरबाट  मुर्तिहरु चोरी भएको छ । प्रहरीले हराएका देवी देवताका मूर्ती खाेज्नका लागि भाेटे कुकुरकाे प्रयाेग गरेकाे छ । मुर्ती चाेर पाेखरा तर्फकाे सडकबाट हिँडेर आएकाे कुकुरले सँकेत गरेकाे टाेलीमा सहभागि प्रहरीले जानकारी दिएका छन् ।

बुराती अज्ञात समुहले मन्दिरको ढोकामा लगाइएको ताल्चा फोडी मन्दिरमा रहेको काली गणेश र देविको मुर्ति ,शंख ,घण्टी , तरबार लगायतका सामानहरु चोरी भएको  स्थानीय हाेम बहादुर भण्डारीले बताए । मन्दिरको गजुर भने सुरक्षित रहेको  छ । विहान पुजारी मन्दिरमा दैनिक नित्यपुजाको लागि जाँदा मन्दिरमा मुर्ति चोरी भएको थाहा पाएका थिए ।

१५ वर्ष अघि स्थानीयहरुले चन्दा उठाएर मन्दिरमा त्यी सामग्रीहरु राखेका थिए ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here