गाेरखा । गाेरखा नगरपालिका क्षेत्रमा आज ३२ जनाकाे स्वाव सङ्कलन भएकाे छ । नगरकाे वडा नम्बर ३ काे नारेश्वर र वडा नम्बर ४ काे मेल विसाैनी क्षेत्रमा स्वाव सङ्लन भएकाे हाे ।
महिला १९ जना र पुरुष १३ जना रहेका छन् । पछिल्लाे समय निषेधाज्ञा खुकुलाे भएसँगै जिल्लामा काेराेनासँग मिल्दाे लक्षण भएका विरामीहरुकाे सँख्या बढेकाे छ । आज मात्रै जिल्लामा ८३ जना काेराेना सङ्क्रमितहरु थपिएका छन् ।






