नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा एमाले मनकामना विलय

बुधबार, साउन २७, २०७८
0
994

गाेरखा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा शहिदलखन गाउँपालिका वडा नम्बर २ काे एमाले पार्टी विलय भएकाे छ । साे पार्टीमा रहेका सबै सदस्यहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

सहिद लखन गाउँपालिका वडा नम्बर २ बेतिनिमा नेकपा एमाले परित्याग गरि स्थानीय नेता तथा समाजसेवी लिलबहादुर रानाको नेतृत्वमा ५ दर्जन भन्दा बढि नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका हुन् । लिल बहादुर त्यस क्षेत्रमा एमालेका दह्रिला खम्बा भएर काम गर्दै आएका थिए । उनकाे समूह सबै माओवादी केन्द्रमा प्रवेश गरेकाे छ ।

एमाले मनकामनाले  गाउँ गाउँमा रहेकाे सरकारी विद्यालय बन्द गर्नुपर्छ भन्दै केही महिनादेखि गाउँमा अभियान चलाइरहेकाे छ ।

नेकपा (माओवादी केन्द्र )  संयोजक धुर्व खनाल, इन्जार्ज रमेशबाबु थापामगर तथा सहइन्चार्ज कृष्ण बाबू श्रेष्ठले स्वागत  गरेका थिए ।

वडामा भएकाे भेलाले शिबजी थापाको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी पनि पुनर्गठन गरेकाे  छ। पार्टि सरकारमा रहँदा विभिन्न प्रलाेभन दिएर यस अघि एमालेले गाउँका इमान्दार मानिसहरुलाइ आफ्नाे पार्टीमा सदस्य बनाउँदै आएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here